सन्धि–सम्झौता परिमार्जनमा भारत लचिलो

काठमाडौँ — नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को छैटौं बैठकसम्म आइपुग्दा नेपालले उठाउँदै आएको विभिन्न असमान सन्धिसम्झौता र मुद्दा परिमार्जनमा भारतीय पक्ष अलि लचक देखिएको छ । दिल्लीस्थित इन्स्टिच्युट फर डिफेन्स एन्ड एनालाइसिस (आईडीएसए) मा बिहीबार बिहान सुरु भएको ईपीजीको दुईदिने बैठकमा भारतले पहिलोपटक यस्तो लचकता प्रदर्शन गर्दै १९५० को सन्धि परिमार्जन, बुँदाको संशोधनलगायत थप सकारात्मक […]

Continue Reading

केन्यामा बन्दी ७ नेपाली युवतीको उद्दार

भारत :विदेश मन्त्री स्वराजले मोम्बासामा पासपोर्ट र फोन लुटेर बन्दी बनाइएका ती नेपाली युवतीको उद्दार गरिएको ट्वीटमार्फत जानकारी दिएकी छन्। साथै उनले तीन भारतीय युवतीको पनि उद्दार गरिएको बताएकी छन्। Sushma Swaraj ✔@SushmaSwaraj We have rescued three Indian girls from Kenya. The girls were victims of an organised crime syndicate that indulged in trafficking of […]

Continue Reading

अमेरिकीका लागि भिसा नीति परिवर्तन

काठमाडौं : सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क समान भएको छ। मन्त्रिपरिषद्को पुस १३ को बैठकले अमेरिकी प्रस्तावबमोजिम अध्ययन, कामदार र पत्रकार भिसा शुल्क र अवधिमा एकरूपता कायम गर्ने […]

Continue Reading

मेरो टेबुलमा झन ठूलो परमाणुको बटन छ : ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरो टेबुलमा पनि परमाणु बटन भएको भन्दै उत्तर कोरियाका नेता किम जोन उनलाई कडा जवाफ दिएका छन् । सोमबार नयाँ वर्षको अवसरमा परमाणुको बटन आफ्नो डेक्समै भएकाले अमेरिका युद्धको बाटोमा गए जुनसुकै बेला अमेरिकाका जुनसुकै भू-भागमा प्रहार गर्न सक्षम रहेको अभिव्यक्ति दिएका थिए । त्यसको जवाफ दिँदै ट्रम्पले मंगलबार ट्वीट […]

Continue Reading

लाइबेरियामा पूर्व फुटबल खेलाडी राष्ट्रपति निर्वाचित

लाइबेरियाको राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी जर्ज विआ निर्वाचित भएका छन्। लगभग सबै मत गणना भइसक्दा विआले ६१ प्रतिशत मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी तथा उपराष्ट्रपति जोसेफ बोआकाइले ३८ प्रतिशत मत पाएका छन्। पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि मंगलवार फेरि भएको चुनावको भएको थियो। विआ विजयी भएको समाचार प्रकाशमा आएपछि उनका […]

Continue Reading

ट्रम्पको नाममा इजरेलमा रेलवे स्टेशन

इजरेलले पूर्वी जेरुसलेममा अमेरिकी राष्ट्रपति ट्रम्पको नाममा एउटा नयाँ रेल वे स्टेशन स्थापना गर्ने योजना सार्वजनिक गरेको छ। इजरेली यातायात मन्त्री यीसरेल काट्सले ट्रम्पले जेरुसलेमलाई इजरेली राजधानीको मान्यता दिएकोमा सम्मान व्यक्त गर्न उक्त अवधारणा ल्याइएको जानकारी दिए। यसै महिनाको शुरुमा अमेरिकाले गरेको उक्त घोषणाले भविष्यको आफ्नो देशको राजधानी जेरुसलेम बन्ने अपेक्षा गरिरहेका प्यालेस्टिनीहरुलाई आक्रोशित बनाएको […]

Continue Reading

काबुलमा अर्को विस्फोट, कम्तीमा चारको मृत्यु

काबुलमा एउटा शिया सांस्कृतिक र धार्मिक संस्थालाई निशाना बनाउँदै गराइएको विस्फोटनमा कम्तीमा चार जनाको मृत्यु भएको छ। बिहीवार बिहान भएको विस्फोटनमा अन्य ६ जना घाइते भएका छन्। विद्यार्थीहरुको भीड जम्मा भएको समयमा उक्त विस्फोट भएको एक जना अफगानी अधिकारीले बीबीसीलाई बताएका छन्। उनले आत्मघाती हमलाकारीले सो आक्रमण गराएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। जिम्मेवारी अहिलेसम्म […]

Continue Reading

मलेसियाबाट काठमाडौं उडेको जहाज ढाका

मलेसिया — मलेसियाको क्वालालम्पुर विमानस्थलबाट काठमाडौंका लागि उडेको मालिण्डो एअरको जहाज मौसम खरावी एवं प्राविधिक समस्याका कारण बंगलादेशको ढाकामा अवतरण गरेको छ । स्थानीय समयअनुसार शुक्रबार साँझ ६.१० बजे काठमाडौंका लागि उडेको ओडी १८२ उक्त जहाज काठमाडौं पुगेर अवतरण गर्न नसक्दा भारतको लखनउ हुँदै ढाकामा अवतरण गरेको बताइएको छ । जहाजमा १९६ जना सवार रहेको सोही जहाजका […]

Continue Reading

छानबिनपछि ब्रिटेनका उपप्रधानमन्त्री बर्खास्त

ब्रिटेनमा प्रधानमन्त्री टरिजा मेका निकटस्थ रहेका उपप्रधानमन्त्री डेमियन ग्रीनलाई आचारसंहिता उल्लंघनमा दोषी ठहर गर्दै बर्खास्त गरिएको छ। सन् २००८ मा उनको कार्यालयको कम्प्युटरमा पाइएका अश्लिल सामग्रीबारे झुट्टो जानकारी दिएको एउटा जाँचले निष्कर्ष निकालेपछि उनी बर्खास्त भएका हुन्। आफ्नै कन्जरभेटिभ दलकी एक जना महिला अभियानकर्तालाई दुर्व्यवहार गरेको दाबीबारे पनि उनी विरुद्ध अनुसन्धान भइरहेको थियो। ग्रीनले आफूले […]

Continue Reading

नेपाली राजदूतावास वासिङ्टन डि सी को MRP पासपोर्ट संबन्धी सूचना

कृष्ण के सी/अमेरिका नेपाली राजदूतावास वासिङ्टन डि सी ले तत्काल Machine Readable Passport (MRP) संबन्धी सेवामा परिवर्तन गरेको छ। राजदूतावासको सो सूचना अनुसार अब नेपाली MRP पासपोर्ट बनाउन या रिन्यू गर्नको लागि निवेदक स्वयं राजदूतावास वासिङ्टन डि सी या न्यूयोर्क स्थित महाँवाणिज्य दुतावासमा अनिवार्य उपस्थित हुनुपर्ने छ। निवेदकले काम छिटो गर्नको लागि दूतावासले अनलाइनमा प्रि-इनरोलमेंटको […]

Continue Reading