बाबुराम भट्टराईले मलाई दाहालको अगाडी जान पनि घिन लाग्छ भने पछी तहल्का मच्चियो,पढ्नुहोस

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पुष्पकमल दाहालले माओवादी आन्दोलनलाई एमालेजस्तो फोहोरमा लगेर मिलाएको आरोप लगाएका छन् । पार्टी स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा उनले माओवादी नेता–कार्यकर्तालाई दाहालले आफूसँगै डुबाएको बताएका हुन् ।

तत्कालीन माओवादी छोडेर हिँडेका भट्टराईले समाजवादी पार्टी बनाउन आफूले गरेको आग्रह दाहालले नमानेको प्रसंग पनि जोडेका थिए । ‘मैले राजीनामा दिएलगत्तै माओवादी आन्दोलनलाई विसर्जन गरेर समाजवादी धारमा जाऔं भनेको थिएँ, प्रचण्डजीले मान्नुभएन,’ उनले भने, ‘आन्दोलनलाई एमालेको पाउमा लगेर विसर्जन गर्नुभयो, फोरममा मिसाउनुभयो । नेता–कार्यकर्तालाई ढाँट्नुभयो ।’ भट्टराईले सबै वैकल्पिक राजनीतिक धारहरूलाई मिलाएर अघि बढ्ने बताए ।

कम्युनिस्ट र कांग्रेस पार्टी पुराना भएकाले वैकल्पिक राजनीतिक धार आवश्यक परेको उनको भनाइ थियो । दुई वर्षको अवधिमा नयाँ शक्तिबाट बाहिरिएका नेता–कार्यकर्तालाई उनले ‘काम नलाग्ने बीउ’ को संज्ञा दिए । आफूले विचारको बीउ रोपेको र त्यसमा केही भुस पनि मिसिएको उनको टिप्पणी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *