ट्राफिक प्रहरीको कारबाहीमा पूर्वयुवराज पारस शाह

काठमाडौं– ट्राफिक प्रहरीको कारबाहीमा पूर्वयुवराज पारस शाह परेका छन् । उनले बा१४प २१३१ नम्बरको गाडी अत्याधिक गतिमा हाँकेको आरोपमा सोमबार थापाथली ट्राफिकले कारबाही गरेको हो ।
जावलाखेल चोकदेखि ट्राफिक प्रहरीले उनको गाडीलाई रोक्ने लिने प्रयास गरेको भएपनि थापाथली पुगेर मात्रै सम्भव भएको थियो । ट्राफिक प्रहरीले उनको लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिएर रु ५०० जरिवाना गराई छाडेको छ ।
From Praharnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *