यस्ता छन अनुहार लाई नरम बनाई राख्ने सरल उपाय

एजेन्सी – सबै महिलाहरुले आफ्नो लोसनको बट्टामा गिनि होस् भन्ने चाहन्छन् । प्रत्येक पटक खोल्दा त्यसले सन्तुष्ट आत्मा प्रदान गरोस् भन्ने चाहन्छन् फलस्वरुप यसले छालालाई जवान, नरम र दागरहित बनाओस् भन्ने चाहन्छन् । तर, चाहेर मात्र हुन्छ भन्ने त हुँदैन, त्यसका लागि तपाईंले यी खानेकुराहरु खान जरुरी छ । तपाईंको छालाले तपाईंलाई धन्यवाद दिनेछ यदि आफ्नो खानेकुरामा यी कुराहरु सामेल गर्नुभयो भनेः
सिट्रस फलफूल : सुन्तला र कागतीमा भिटामिन सी को मात्रा अत्यधिक हुने भएका कारण यसले तन्तुहरुलाई पुर्नजागृत र यसको मर्मत गर्ने कार्य गर्दछ ।
माछा : यो एक एन्टि इन्फ्लामेटरी भएका कारण ओमेगा – ३ फ्याट्टी एसिड प्रदान गर्दछ जसले तपाईंको स्किन टोनलाई राम्रो बनाइराख्न मद्दत गर्दछ ।
पालुङ्गो : यसमा ‘लुटेन’ हुन्छ जसले छालालाई राम्रो अवस्थामा राखेर जवान देखाउन मद्दत गर्छ ।
गोलभेडा : यिनिहरु लाइकोपेनले भरिपूर्ण हुन्छन् जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसले छालाको क्यान्सर रोक्ने समेत विश्वास गरिएको छ ।
दहि : यसले तपाईंको पाचन प्रणालीलाई राम्रो अवस्थामा राख्छ र छालामा चमक आउन सहयोग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *