के तपाई सबैको प्रिय बन्न चाहानु हुन्छ ? चाहनु हुन्छ भने यी ५ बानीलाई आजैबाट त्यागौं

आफूलाई सबैले मन पराऊन् भनेर मानिसले धेरै क्रियाकलाप गर्दछन् । तर तिनै क्रियाकलापका कारण आफू अप्रिय भएको मानिसलाई थाहा नहुन पनि सक्दछ । त्यसकारण यहाँ यस्ता केही क्रियाकलाप वा बानीबारे जानकारी दिएको छ जसका कारण तपाईलाई धेरैले मन नपराउन सक्दछन् ।
१. फेसबुकमा धेरै फोटो हाल्ने
हालै गरिएको एक अध्ययनले जो मानिसले फेसबुकमा बढी फोटो हाल्छन् त्यस्ता मानिसलाई धेरैले मन नपराउने देखाएको थियो । यस्ता मानिसबाट धेरैजना वाक्क हुने गरेको अध्ययनले पत्ता लगाएको थियो ।
२. सबैसँग ठीक्क हुने
सबैसँग राम्रो बोल्नु वा राम्रो व्यवहार गर्नु राम्रो हो । तर सबैसँग जतिबेला पनि राम्रो हुन खोज्नु भनेको बेइमानी हो । यदि तपाईले पनि यस्तो गर्नुहुन्छ भने तपाईले देखाउने सज्जनता वा इमान्दारितामाथि मानिसले शंका गर्न थाल्दछन् । कहिलेकाही नराम्रो हुनु पनि राम्रो मानिन्छ । त्यसकारण सबैसँग राम्रो हुन यस्तो व्यवहार नगर्नुहोस् ।
३.मनको कुरा लुकाउने
मुस्कुराएर आफ्नो कुरा लुकाउनु भन्दा रिसाएर कुरा राख्नु राम्रो मानिन्छ । यति तपाईले आफ्नो भावना वा विचारलाई अरुसामु प्रष्ट राख्नुभो भने तपाईलाई अरुले बुझ्न सक्दछन् । जसले गर्दा तपाईको इमान्दारिता पनि बढ्छ ।
४. छलफल वा गफ गर्दा मोबाइल चलाउने
प्रायः मानिसले छलफल वा गफ गर्दा आफ्नो मोबाइल चलाउने गर्दछन् । तर यो बानीले गर्दा कुरा गरिरहेको अर्को मानिसलाई चित्त बुझिरहेको हुदैन । गफ गर्दै मोबाइल खेलाउँदा छलफल वा गफमा तपाईको कुनै रुचि नरहेको भन्ने बुझिन्छ ।
५. हाँसो ठट्टा वा मजाक नगर्ने
विभिन्न कम्पनीमा गरिएको एक अनुसन्धानले जो मानिस चाहिनेभन्दा गम्भीर हुन्छन् र हाँसो ठट्टा गर्दैनन् त्यस्ता मानिसलाई धेरैले मन नपराउने देखाएको थियो । यहाँसम्म कि प्रेम तथा वैवाहिक सम्बन्धमा रमाइलो वा हाँसीमजाक नभएका कारण सम्बन्ध बिग्रिएको पनि अध्ययनका क्रममा पत्ता लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *