अनुहारमा डन्डिफोर र कालोपन आउनुको कारण र समाधान को उपाय यस्ता छन्

कारण : गुलियो खाना, मोटोपन, तेल, सी फुड, अल्कोहल, मानसिक तनाब, रिस, गर्मी, पिरो–मसलेदार भोजन, बट्टामा राखिएका खाद्यपदार्थ, जंक फुड, अत्यधिक तैलीय छाला आदिका कारण अनुहारमा डन्डिफोर तथा कालोपन उत्पन्न हुन्छ ।

उपचार :
अनुहारमा हर्बल फेसप्याक लगाउने, युकेलिप्टस एसेन्सियल आयल लगाएर स्टिम बाथ लिने । नियमित रूपमा आधा घन्टा व्यायाम गर्ने, जसबाट पसिना निस्कियोस् ।
एस्ट्रिजेन्ट, टोनर आदि नलगाउने । हर्बल पाउडर तथा गुलाबजलले मात्र अनुहार धुने ।
दुई पटकभन्दा बढी साबुनले अनुहार नधुने । एस्ट्रिजेन्ट लोसनले अनुहार सफा गर्नाले छालाको तैलीयपनमा कमी आउँछ तर सोझै एस्ट्रिजेन्ट मात्र नलगाउने । गुलाब जल तथा एस्ट्रिजेन्ट बराबर मात्रामा मिसाएर दिनमा दुई–तीन पटक लगाउने ।
ब्ल्याक हेड्स तथा डन्डिफोरलाई जबर्जस्ती हटाउने प्रयास नगर्ने । त्यसलाई नङले समेत कोट्याउनु हुँदैन । ब्युटिपार्लरमा गएर अनुहार सफा गराउन सकिन्छ ।
दिनमा एकपटक अनुहारमा दही लगाउने र १५–२० मिनेटपछि धुने । दहीमा पाइने इन्जाइमले पनि एक्नेको उपचारमा सहयोग पुग्छ ।