महिलाले पुरुषलाई गर्ने केहि क्रुर व्यवहारहरु…..

फक्स न्युजले महिलाले पुरुषलाई दिने गरेको १० किसिमका मानसिक यातना संकलन गरेको छ।
1 . आफ्नो पुरुषको परिक्षण गर्छन्
‘यदि तिमी मलाई साँच्चै माया गर्र्छौ भने साथीसंग बनाएको प्लान रद्द गरेर मलाई भेट्न आऊ’ यदि यस्तो कुरा तपाईंको महिलाले भन्छिन् भने सावधान रहनुस् उहाँले तपाईंलाइ परिक्षण गर्न खोज्दै हुनुहुन्छ। साथीसँग बनाएको प्लानको बारेमा थाहा हुँदाहुँदै पनि उहाँले त्यसो भन्नुहुन्छ र भेट्न जानु हुन्छ भने तपाईं गलत गर्दै हुनुहुन्छ। यस्ता परिक्षण सम्बन्धमा क्रुर हुन्छ।
2 . तपाईंमा इष्या जगाउन अरुसंग प्रेमालाप रच्छन्
यो अपरिपक्कताको संज्ञा हो जतिबेला तपाईंकी महिलाले तपाईंसँग झगडा परेको बेलामा इष्या जगाउन अरु केटासंग नजिकिन खोज्छिन् मात्र उनी तपाईंको त्यो छटपटी हेर्नमा सन्तुष्टि प्राप्त गर्न। महिलाको यस्ता व्यवहारले पुरुषलाई नराम्रोसंग आघात पारेको हुन्छ।
3 . र्सार्वजनिक स्थलमा आफ्नो पुरुषको आलोचना गर्छन्
क्रुर महिलाहरु आफ्नो पुरुषको र्सार्वजनिक स्थलमा आलोचना गर्छन् र जिस्काउन समेत पछि पर्दैनन्।
4 . आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गर्दैनन्
आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा नगर्ने भन्दा ठूलो कष्टप्रद के हुन सक्ला पुरुषहरुका लागि थुप्रै पुरुषसंग मस्किने र पहिलेको सम्बन्धको बारेमा नभन्ने महिलाहरु धेरै हुन्छन्।
5 . भावनात्मक रुपमा पुरुषलाई आफ्नो वशमा गर्छन्
पुरुषहरु महिलाको आँखामा एक थोपा आँसु पनि हेर्न सक्दैनन् जसको फाइदा कोही महिलाहरुले लिन्छन् र आफ्नो स्वार्थ पूरा गर्छन् । महिलाहरुको एक दुइ थोपा आँसु रोक्नको लागि पुरुषहरु जे पनि गर्न तयार हुन्छन्।
6 . पुरुषलाई ‘स्वतन्त्र ड्रिङक्स’का लागि प्रयोग गर्छन्
कोही महिलाहरु आफ्नो एक पैसा पनि खर्च नगर्ने मनसाय लिएर ड्रिङक्सका लागि बार अथवा क्लब धाउने गर्छन् । यसकालागि कोही मुर्गाको खोजीमा हुन्छन् । यसको क्रममा कोहीसंग भेट हुन्छ, एकअर्कासंग चिनापरिचय हुन्छ, ड्रिङक्स गर्छन्, छोटो प्रेमालाप गर्छन् र त्यहाँबाट भाग्छन्।
7 . शारिरिक हिंसामा संलग्न हुन्छन्
यदि कुनै पुरुषले महिलालाइ हात हाल्छ भने त्यसलाई घृणास्पद मानिन्छ तर त्यहि व्यवहार महिलाले पुरुषलाई निर्धक्कसंग गर्न सक्छिन्, यो सोचेर कि पुरुषले त्यसको बदलामा उनलाई हात हाल्दैनन् । यस्तो सोच्ने महिलाले पुरुषलाई जस्तो पनि यातना दिनुहुन्छ भन्ने सोचेर जे पनि गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *