गजल

साहित्य

राजन गिरी ( “राज” ) :

अत्याज्य तिम्रा यौवन हरुमा नजर सबैको
अस्वेरु का  फुलमा  जस्तै असर  सबैको |

मन्त्रमुग्ध छन् धमनीमा चल्ने तातो रगत
किन  राता  पिरा   हुन्नन्   बगर   सबैको |

हुनसक्छन बन्द यी तिम्रो अनुपस्तिथिमा
चल्दै  गरेका  स्वास हरु  अमर कसैको |

मधुसाला मा तृप्त हुँदै टहनियेका पेटहरु
उंडी आउँछन उसमै किन भंवर सबैको |

समयनै उस्तै होकी सपना देख्दैछु म
पराई  बाट  लुटिएको अधर   कसैको |

Leave a Reply

Your email address will not be published. Required fields are marked *