जन्मदिनको सुभकामना

हजारौं वसन्त एकैचोटी धर्तीमा

हरियाली छर्दै पलाएको झैँ

अरबौं मिल टाढाका चिमचिमे तारा हरु

वोर्लेर  पृथ्बी भरि जग्मगाये झैँ

चन्द्रमाको उदभाष मा  निखारिएको

दुधिलो उझ्यालो संग आज

धर्तीमा तिम्रो वोरिपरी प्रत्येक

पुष्पलता मा फूलहरु मगमगाएको छ

किनकि आज तिम्रो जन्मदिन

ह्याप्पी  बर्थडे टु यु  कान्छु !

धेरै बाँच्नु  तिमि, मेरो पनि उमेर लागोस

यो परदेशको उजाड भुमि बाट

मायाँ र सदभाब का थोरै स्वास

आफुले राख्दै बाँकी तिमीलाई पठाउँदैछु

उपहार सम्झेर स्विकारिदिनु

किनकि आज तिम्रो जन्म दिन

ह्याप्पी  बर्थडे टु यु  कान्छु !!

सुभकामना तिम्रा बाबा आमा लाइ

ममता को लाज राख्नु तिमि

मायाको आयेतन हुँदैन कहिल्यै

न जोख्न सक्छेउ न बेच्न र किन्न सक्छेउ

प्रत्येक आमाको ममता उस्तै हुन्छ

सन्तान हरुमा ,यो सब्द मा गहिराइ छ

तिमि आफै एउटी आमा !

ममता मैले सिकाउनु परेन

कति पवित्र हुन्छ भनेर !

मैले कलम बन्द गरें किनकि अब

चुलो मा राखिएको  पानि उमाल्दै

धेरै चिनी राखेर ,ताजा चिया संग

एक्लै रुममा बसी झ्याल हरुका

पर्दा खोलेर तिम्रो तस्बिर हेर्दै आकाशमा

मैले सेलिब्रेट गर्नुछ ,किनकि

आज तिम्रो जन्मदिन

ह्याप्पी  बर्थडे टु यु कान्छु !!!

“राज”

काबुल बाट

२०७४ चैत्र १३ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *