नेविसंघले शुरु गर्ने भयो आमरण अनशन

राष्ट्रिय खबर

काठमाडौं -शिक्षा एेन नवौं संशोधनको विरोधमा कांग्रेस निकट नेविसंघले आज देखि आमरण अनशन शुरू गर्ने भएको छ।

संघका पाँच युवाले आज अपरान्ह ४ बजेदेखि माइतीघर मण्डलामा आमरण अनसन शुरु गर्न लागेको महामन्त्री कुन्दनराज काफ्लेले बताए।

काफ्लेले अस्थायी शिक्षकको माग पूरा गर्ने नाममा युवाहरुलाई प्रतिस्पर्धाबाट वञ्चित गरिएको बताए।

शिक्षित बेरोजगार बढिरहेको अवस्थामा खुकुलो प्रावधान सहित अस्थायी शिक्षक हरुलाई स्थायी गर्न लागिएको उनले बताए।

चैत्र २३ मा सञ्चालन गर्न लागिएको अस्थायी शिक्षक परीक्षा रोक्न नेविसंघले माग गरेको छ।

२२ हजार स्थायी दरबन्दीका लागि २३ हजारले प्रतिस्पर्धा गर्दैछन्।

उत्तीर्ण हुनका लागि अस्थायी शिक्षकले पूर्णाङ्क को ४० प्रतिशत अंक ल्याए हुने प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *