कोरियामा ६ बर्ष कमाएको पैसा र ३८ तोला सुन सहित श्रीमती फरार…

बारा जिल्ला फेटा–८ की पुनम कुमारी गुप्ता राप्ती नगरपालिका ८ खुरखुरे चितवनका राज कुमार शाहसँग बिबाह भएको ६ महिना पछि बेपत्ता भएकी छन ।

बेपत्ता श्रीमतीको खोजीमा खुरखुरेका उनका श्रीमान ३३ आफ्नो श्रीमतीको खोजीमा हिडेको बन्दै सोमबार भरतपुरमा भौतारी रहेका थिए । आफ्नो जीवनका ३३ वर्षमध्ये उनले ६ वर्ष त कोरियामा काम गरेरै बिताए, तर कमाई भने अहिले हातमा छैन ।

जो कोहीलाई लाग्न सक्छ, नेपालीले ठगे ? होइन । उसोभए दलाल वा लुटेराको फन्दामा परे ? त्यो पनि होइन । हुण्डीवालाले झुक्याए होलान् ? त्यस्तो पनि भएको होइन । तर उनि आफु लुटिएकोमा उजुर(वाजुर गर्दै छन् ।

आफु ठगिएको हो वा कुनै अकल्पनीय दुर्घटनाको शिकार भएको हो भनेर अझैसम्म खुट्याउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *