उपसभामुख शिवमाया तुम्बाहाम्फेद्वारा एमालेबाट राजीनामा

ताजा समाचार

काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाम्फेले एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर उनले लेखेको राजीनामापत्रमा आफू उपसभामुखमा निर्वाचित भएकाले  संसदीय दलको सदस्य र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उल्लेख छ ।

प्रतिनिधिसभाको  पद र गरीमालाई निश्पक्ष बनाउन आफूले स्थापित परम्पराबमोजितम राजीनामा दिएको उनको पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *