कोरिया भाषाको भौचर भर्न खोज्दा कुटाकुट…

कोरिया भाषा परिक्षाको आवेदन भर्नेहरु बिच कुटाकुट भएको छ । दमकमा ग्लोवल आई एम ई बैकको भैाचर भर्न गएका युवाहरु बिच कुटाकुट भएको हो ।
पाँचथर जिल्लाको तुम्वेवा गाउँपालिका २ निवासी नरेन्द्र खड्का आइतबार राती २ बजेदेखि नै लाइनमा बसेका थिए । सोमबार अपरान्ह्र साढे तीन बजेसम्म उनको पालो भने आएको थिएन ।

अपरान्ह्रसम्म खाना समेत खान पाएको छैन । पालो आउला भनेर कुर्दाकुर्दै बिरामी हुने बेला भयो तर अझै कति बज्ने हो भन्ने थाहा छैन उनले भने ।
झापाको दमक नगरपालिका ५ स्थित ग्लोबल आइएमइ बैंकको गेटमा लाइनमा बसेका खड्का निराश अवस्थामा देखिन्थे । कोरिया भाषा परीक्षा (इपिएस) लागि आवेदन दिन बैंकमा भौचर भर्न लाइनमा बसेको उनको भनाइछ ।

उनी जस्तै झापाको भद्रपुर नगरपालिका ३ का रञ्जित श्रेष्ठ समेत राती १२ बजेदेखि नै बैकको गेटमा लाइनमा बसेको बताउँछन् । उनीहाहरु जस्तै पूर्वको ताप्लेजुङ, पाँचथर, इलाम झापा र मोरङको पूर्वी क्षेत्रका हजारौँ युवाहरू बैंको अगाडी लाइन लागेर आइतबार बेलुका देखि नै बसेका थिए ।
धेरैले खानेकुरा घरमा नै बनाएर बोकेर आएको बताए ।

केही भने लाइनमा पालो कुर्नु पर्ने भएकाले दिशा पिसाब समेत जान नपाई कष्ट पूर्ण तरिकाले लाइन बसेको बताए । यसरी लामो समयसम्म पालो कुर्नु पर्दा बैंक आगाडी भएको भिडमा सोमबार मध्यान्ह्र पालो मिचेको निंहुमा एकअर्का बिच कुटाकुट समेत भएको थियो । झगडा सुरु भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो ।

सरकारको अदुरदृश्टिका कारण कोरिया जानभन्दा अवेदन भौचर भर्न धेरै कष्ट भोग्नु परेको छ । सरकारले अहिलेको आधुनिक बैंकिङ प्रणालीलाई अवलम्बन गर्न नसक्दा सर्वसाधारणले धेरै सास्ती भोग्नु परेको हो । हजारौँ युवाको सरोकार रहेको कोरिया भाषा परीक्षा आवेदनलाई पूर्व तयारी नगर्दा यस्तो समस्या आएको हो । सर्वसाधारणले भौचर भर्न समेत स्थानीय युवा बिच कुटाकुट हुने अवस्था आएको प्रति दुख लागेको मोरङको लेटाङका देवेन्द्र लिम्बुको भनाइ छ ।

सरकारले एकद्धार प्रणाली लागु गरेर एउटैमात्र बैंकलाई अनुमति दिएको थियो । ग्लोबल आइएमई बैंक प्रशासनले समेत विभिन्न आकस्मिक बैकल्पिक काउन्टर व्यवस्थापन गर्न नसक्दा अश्वभाविक भिड भएको थियो । आवेदन खुल्ला हुन्छ भन्ने भएपछि केही महिना अघिदेखि नै बैंकका कर्मचारीले कोरिया भाषा अध्यान हुने इस्टिच्युटमा नै गएर बैंकमा खाता खोल्न काउन्सिलिङ गरेका थिए । यस क्रममा कोरिया भाषा अध्यान गरिहेका धेरै विद्यार्थीले खाता समेत खोली सकेका छन् ।

कोरिया सरकारले इपिएस प्रणाली मार्फत नेपाली कामदारलाई लैजाने उदेश्यले सोमबार ८ गतेदेखि १७ गते १० दिनकालागि आवेदन खुल्ला गरेको छ । आवेदन खुल्ला गरिएकै दिन देशभरिका बैंकका शाखामा युवायुवतीहरुको भिड लागेको छ ।

दमक ग्लोबल आइएइ बैंकका प्रमुख सुनिल तालका अनुसार सोमबार तीनसयदेखि साढेतीसय सम्म भौचर भर्न सकिने बताए । अफिसमा जनशक्ति कम भएका कारण भौचर निश्चितलाई मात्र भर्न सकिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *