फेसबुकमा व्यक्तिगत विवरणको दुरुपयोग : गल्ती स्वीकार गर्दै जुकरवर्गले मागे माफी

slider अन्तरास्ट्रिय खबर

क्यालिफोर्निया । फेसबुकका संस्थापक मार्क जुकरवर्गले कम्पनीले गरेको गल्तीका कारण करोडौँ फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरणलाई राजनीतिक कन्सलटेन्सी फर्मले दूरुपयोग गरेको स्वीकार गरेका छन् ।

क्याब्रिज एनालिटिकाले आफ्ना राजनीतिक क्लाइन्टका लागि फेसबुकबाट व्यक्तिगत विवरणको दुरुपयोग गरेको आरोप लागेको छ ।

एक वक्तव्य जारी गर्दै जुकरवर्गले ‘विश्वासघात’ भएको जनाएका छन् ।

त्यसपछि सिएननलाई दिएको अन्तर्वार्तामा उनले माफी माग्दै दोषीमाथि कारवाहीको प्रतिबद्धता जनाए ।

यदी कङ्ग्रसको अगाडि बयान दिनु सही कुरा हो भने आफू त्यसका लागि पनि तयार रहेको उनले बताए ।

फेसबुकमा जारी गरिएको उनको वक्तव्यमा अबदेखि प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण ‘चोर्न’ एप्लिकेसनहरुलाई थप कठिन बनाइने पनि प्रतिबद्धता जनाए ।

‘हाम्रो जिम्मेवारी भनेको तपाईंहरुको गोप्य डाटालाई सुरक्षा गर्ने हो,’ उनले भने, ‘यदी हामी त्यो गर्न सक्दैनौँ भने हामीले तपाईंहरुलाई सेवा दिन लायक छैनौँ ।’

के प्रतिबद्धता जनाएका छन् जुरकवर्गले ?
तत्कालिन र पहिलाका समस्याहरुका लागि :
१. सन् २०१४ मा डाटा एक्सेसमा कमी ल्याउन गरिएको परिवर्तन अघि प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण रहेका सबै फेसबुक एपहरुको अनुसन्धान गर्ने ।

२. शंकास्पद एपको ‘फोरेन्सिक अटिड’ गरिने

३. अडिट गर्न नमान्ने डेभलपरहरुलाई प्रतिबन्ध गर्ने

४. व्यक्तिगत विवरण दुरुपयोग गर्ने डेभलपरहरुलाई प्रतिबन्धन गर्ने र त्यसबाट प्रभावित भएकाहरुलाई जानकारी दिने

भविष्यका लागि :
१. डाटा एक्सेसलाई थप कडा बनाउने

२. डेभेलपर एपलाई तीन महिनासम्म एक्टिभेट नगरे प्रयोगकर्ताको डाटामा उनीहरुको पहुँच बन्द गर्ने

३. एपलाई दिनुपर्ने विवरणमा कमी ल्याउने

४. प्रयोगकर्ताको व्यक्तिगत जानकारी लिन अघि स्वीकृति लिने र करार गर्ने व्यवस्था डेभलपरहरुका लागि ल्याउने ।
जुकरवर्गले आजको गल्तीबाट पाठ सिकेर यस्तो गल्ती पुनः नगर्ने व्यवस्था ल्याउने प्रतिबद्धता जनाए ।

यो पनि पढ्नुहोस्

व्यक्तिगत जानकारीको दुरुपयोग : अनुसन्धान शुरु भएपछि फेसबुकको सेयर निरन्तर ओरालो

‘क्याम्ब्रिज एनालिटिका फाइल’ कान्ड : फेसबुकबाट सङ्कलन गरिएको करोडौं मानिसको सूचना डोनाल्ड ट्रम्पको पक्षमा प्रयोग गरिएको खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *