आफ्नै साथि को हत्या गरे कोरियामा

कोरियामा क्यासिनोको लत लागेका एकजना भियतनामी कामदारको अपहरण पछी हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैजना भियतनामी कामदार रहेको छल्लानाम्दो स्थित य्सु मेरिन प्रहरीले जनाएको छ ।

प्राय जसो जुवा तास र क्यासिनोमा ब्यास्त हुने ति कामदारले आफ्नै साथीहरु संग बाट १ करोड ७० लाख वन सापटी लिएका थिए । उक्त रकम उनले क्यासिनोमा हारे पछी गत डिसेम्बरमा उनि आफुले काम गर्ने स्थान समेत छाडेर भागेका थिए । गत फेब्रुरी २४ तारिखमा ति साथीहरुले उनलाई फेला पारेपनि उनको साथमा पैसा नभेटेपछि ६ जना मिलेर उनको अपहरण गरि फोहांगको समुद्र किनारमा लागि हत्या गरेको प्रहरीले बताएको छ । घटना वारे थप छानबिन भैरहेको प्रहरीले जनाएको छ ।

कोरियामा प्राय जसो बिदेशी कामदार हरु छुट्टीको समयमा जुवा तास तथा क्यासिनो जाने गरेका छन् l ठुलो रकम क्यासिनोमा हारेपछि आत्महत्या सम्म गरेका उदाहरण हरु पनि छन् l यसरि क्यासिनो जानेमा नेपाली कामदार हरु पनि प्रसस्तै रहेको बताइन्छ । केहि समय पहिला हुण्डीको ठुलो रकम लिएर फरार रहेका सोगेन्द्र घलेले पनि क्यासिनोमा ठुलो रकम हारेको बताइन्छ ।
-किसन गौतम

Leave a Reply

Your email address will not be published. Required fields are marked *