देशको नेतृत्व प्रधानमन्त्री र राष्ट्रपतिले गरेका छैनन् : पुरुषोत्तम दाहालको विश्लेषण

काँग्रेसको विचारसँग निकट सम्बन्ध राख्ने पुरुषोत्तम दाहाल मूलतः राजनीतिक विश्लेषकका रूपमा परिचित छन् । लामो समयदेखि सञ्चारकर्ममा रहेका दाहाल छापा माध्यममा नियमित स्तम्भकार पनि हुन् । राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका दाहाल राजनीतिक विषयलाई खरो रूपमा प्रस्तुत गर्छन् । पछिल्लो घटनाक्रम र काँग्रेसको वर्तमान अवस्थाका विषयमा आधारित रहेर रातोपाटीका लागि दाहालसँग लिलु डुम्रेले गरेको कुराकानी ।

अदालतमा चरम अराजकता छ

सुशीला कार्कीलाई महाअभियोग काण्डले काँग्रेसलाई चुनावमा धक्का लाग्यो । त्यसको गलत परिणाम अहिलेसम्म पनि भोगिरहेका छौं । सुशीला कार्कीलाई ल्याएको महाअभियोगको सजाय गोपाल पराजुलीले भोग्नुपर्ने स्थिति पैदा भएको छ । वास्तवमा अदालतमा नियम कानुन नै छैन ।

गोपाल पराजुलीलाई हटाउने भनेर एउटा सचिवले चिठी लेखेर फालिदिन्छ । त्यसको कारण हट्नुपर्ने स्थिति छ । न्यायालयमा अराजकता हाबी भएको छ । इजलास छोडेर एकाएक न्यायाधीशहरू विभक्त भएका छन् ।

गोपाल पराजुलीको विवादित मुद्दाका विषयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीकै कार्याकालमा न्यायपरिषद्ले निक्र्यौल गरिसकेको थियो । जन्म मितिका विषयमा त्यो बेला नै अभिलेखीकरण भएको थियो । संसदीय सुुनावाइ मार्फत पदभार ग्रहण गरेका हुन् । एक समय सबै विषय टुङ्गिएर जिम्मेवारी लिएका व्यक्तिले सधैँ स्पष्टीकरण दिन सम्भव हुन्छ ? बन्द भइसकेको फाइललाई दोहोर्याउन आवश्यक हुँदैन । पराजुलीलाई बदला लिने काम भएको छ ।

बदला लिनका लागि दुई मुद्दा उचालिएको थियो । उनले गरेका दुई फैसलामध्ये पहिलो– सुमार्गीको रोकिएको पैसाको फैसला । जसले गर्दा एक पत्रिकाले प्रतिशोध लिने काम गर्यो । त्यस मुद्दामा पत्रिका कस्सिएर लाग्यो । अर्को, शशी शर्मालाई चार दिन बाँकी हुँदा पुनर्वहाली गरे । जसका कारण डा. गोविन्द केसीले त्यसको बदला लिने प्रयत्न गरे ।

यी घटनाक्रमले के बुझिन्छ भने देशलाई नेतृत्व आजका दिनमा केपी ओली वा विद्या भण्डारीले गरेका छैनन् । देशको नेतृत्व एक पत्रिका वा गोविन्द केसीले गरेका छन् । ती दुईले भनेपछि जसले जे गर्दा पनि हुन्छ ।  प्रक्रियाबाट कानुनसम्मत हुने विषयलाई तोड्न मिल्दैन ।

हरेक न्यायाधीशको कार्यकाल सकिन दुई महिनाअघि जानकारी दिनुपर्छ । साउन २१ मा कार्यकाल सकिने हो भने त्यसको दुई महिनाअघि न्याय परिषद्ले किन जानकारी दिएन ? अर्का न्यायाधीशले भयानक षड्यन्त्र अभ्यास पनि गरे । अघिल्लो दिनसम्म पराजुलीसँगै इजलासमा भएका चोलेन्द्र शमशेर राणाले अर्को दिन प्रधानन्यायाधीशको  कार्यकाल सकिएकाले इजलासमा नबस्ने घोषणा गर्छन् । रातभरिमा उनलाई कुन दिव्य ज्ञान भयो ?

हरेक न्यायाधीशको कार्यकाल सकिन दुई महिनाअघि जानकारी दिनुपर्छ । साउन २१ मा कार्यकाल सकिने हो भने त्यसको दुई महिनाअघि न्याय परिषद्ले किन जानकारी दिएन ? अर्का न्यायाधीशले भयानक षड्यन्त्र अभ्यास पनि गरे । अघिल्लो दिनसम्म पराजुलीसँगै इजलासमा भएका चोलेन्द्र शमशेर राणाले अर्को दिन प्रधानन्यायाधीशको  कार्यकाल सकिएकाले इजलासमा नबस्ने घोषणा गर्छन् । रातभरिमा उनलाई कुन दिव्य ज्ञान भयो, त्यसको जवाफ राणाले भोलिका दिनमा अवश्य दिनुपर्छ । गोपाल पराजुली प्रतिशोधको शिकार भएको मेरो बुझाइ हो । यसले गलत नजिर स्थापित भएको छ, भोलि कसैले फलानालाई नियुक्ति गर भन्दै अनशन बस्यो भने त्यसलाई राज्यले स्वीकार्ने कि नस्विकार्ने ।

काँग्रेसमा अनुशासनहीनता छ

काँग्रेसको नेतृत्वमा वर्तमान सभापति आइसकेपछि उहाँले पार्टीमा आफ्नो पक्ष बलियो बनाउनतिर लाग्नुभयो । त्यसले काँग्रेसलाई क्षति पुर्याइरहेको छ । देउवाले काँग्रेसका समर्थकलाई कतै पनि अपिल गरेको देखिएन, सुनिएन । हिजोकै शैलीबाट सञ्चालित हुनुभयो ।

अर्को सन्दर्भ काँग्रेसको आन्तरिक सङ्गठन दुरावस्थामा पुगेको छ । विभागहरू बनेका छैनन् । केन्द्रीय कार्यसमितिले पूर्णता पाएनन् । सुशील कोइरालाले सरकारको नेतृत्व छोडेपछि काँग्रेस अझ कमजोर हुँदै गएको थियो । त्यसपछिको सरकारमा काँग्रेसले एमालेको सरकारलाई समर्थन नगरेर गम्भीर गल्ती गरेको थियो । माओवादीलाई साथ लिएर सरकार बनाउने काँग्रेसले खेलेको अर्को गलत कदम थियो । उक्त कदम रणनीतिक ब्लन्डर थियो । त्यसपछिका घटनाक्रमले काँग्रेस अझ धरासायी भयोे । आईजीपी, अदालत, राजदूत नियुक्तिदेखिका कारणले काँग्रेसलाई प्रत्युत्पादक नतिजा प्राप्त भयो ।

काँग्रेसले आफ्नो सिद्धान्त, रणनीति, कार्यक्रम वामपन्थी भन्दा के कारणले फरक छ, अहिलेसम्म बुझाउन सकेको छैन । नाम र झण्डाबाहेक काँग्रेसले वामपन्थीसँग अन्तर देखाउने कुनै विषय नै छैन ।

युवा पुस्ताका नेताहरूले नयाँ कुरा गर्नुपर्छ भनेका छन् । तर नयाँ केही ल्याउन सकेका छैनन् । मुख्य नेताको काखमा रहेर युवाले परिवर्तन गर्न कसरी सक्छन् ? युवा नेताहरू कुनै न कुनै नेताको आड लिएका छन् । अर्काको काखमा बसेर काँग्रेस परिवर्तन हुनै सक्दैन । अर्को गम्भीर समस्या काँग्रेसमा नेतासँग कार्यकर्ता छैन र कार्यकर्ता नेतासँग छैनन् । कार्यकर्ता जनतासँग जोडिएका छैनन् । काँग्रेसका कार्यकर्ताको नेतृत्वसँग कुनै सम्पर्क नै छैन । मुद्दाहरूमा बहस गर्ने प्रचलन नै छैन । कार्यकर्तालाई हेरेर सङ्गठन बन्ने हो । स्थानीय नेतृत्व राम्रो छ भने सङ्गठन जहिलेसुकै मजबुत रहन्छ । कार्यकर्तामा संस्कार, कला वा जनतासँग भिज्ने क्षमतामा कमी छ । एक प्रकारको अनुशासनहीनता छ । अराजक समूह काँग्रेसको कार्यकर्तापङ्क्तिमा बसेको छ ।

अन्तर्राष्ट्रिय मित्रविहीन काँग्रेस
काँग्रेसका लागि  दुर्भाग्यको अर्को पाटो के छ भने अन्तर्राष्ट्रिय मित्र काँग्रेससँग छैनन् । बीपी कोइरालाको समयमा अन्तर्राष्ट्रिय समाजवादीहरूसँग कसम्बन्ध थियो । भारतीय समाजवादीसँग थियो । डा. लाहिया, जयप्रकाश, चन्द्रशेखरलगायतको ठूलो शक्ति काँग्रेसको साथमा थियो ।

वर्तमानमा काँग्रेसका लागि एक जना पनि अन्तर्राष्ट्रिय मित्र छैन । चीनको कम्युनिस्ट पार्टीसँग काँग्रेसको औपचारिक सम्बन्ध मात्रै हो । मित्र देशका पार्टीको सम्बन्ध हो । काँग्रेसलाई अप्ठ्यारो परेको अवस्थामा कुनै पनि चिनियाँ दलले सहयोग गर्दैनन् ।

भारतमा काँग्रेसका लागि मित्रशक्ति दल छैन । बीजेपी दल धर्मको कुरा गर्छ । काँग्रेस धर्म निरपेक्षको पक्षधर हो । त्यसकारण बीजेपीले काँग्रेसलाई स्वागत गर्दैन । अहिलेका बीजेपीका कुनै पनि नेताले नेपाली काँगे्रसलाई सहयोग र समर्थन नै गर्दैनन् । काँग्रेस आईसँग पनि सम्बन्ध छैन । इन्दिरा गान्धीसँग बीपीको वैचारिक द्वन्द्व भएको थियो ।

हिजो मधेसी दलहरूलाई देशद्रोही, भारतीय दलाल भनेकै  हो एमालले । नामै किटान गरी भाषण गरेको सुनिएको पनि हो । एमाललेलाई मधेसमा छिर्नै दिन्नौँ भन्ने मधेसी दलहरू हुन् । अहिले एक अर्का नभएमा दाल भात खान नसक्ने भए ।

भारतमा साना क्षेत्रीय पार्टीहरू छन् । त्रिणमूल काँग्रेस, समाजवादी, बहुजन समाजवादीसँग पनि आत्मीयता छैन । कम्युनिस्ट पार्टी त काँग्रेसको मित्र शक्ति हुनै सक्दैन ।

अमेरिकामा रहेका दुई दलसँग पनि कुनै मित्रता वा नजिकको सम्बन्ध छैन । रुसी तथा बेलायतका दलले पनि काँग्रेसलाई सहयोग गर्ने अवस्था छैन । भोलि काँग्रेसलाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्दा बोलिदिने मित्र शक्ति को ? तर, कम्युनिष्टहरूको मित्रशक्ति संसारभरि छन् । काँग्रेसको नेतृत्वले यसतर्फ ध्यान दिन सकेकै छैन । मित्रशक्तिको कोर ग्रुप संसारभर हुन्छ । तर नेपाल काँग्रेस अन्तर्राष्ट्रिय मित्रविहीन भएको छ । स्वार्थ समूह हुन्छन्, त्यसका लागि नजोडिएर हँुदै हुँदैन । अन्तर्राष्ट्रिय मित्रशक्तिसँग सम्बन्ध विच्छेद भएर काँग्रेस चलेको छ । त्यसलाई नेतृत्वले  सुधार गर्न सकेको छैन ।

मधेसीलाई सरकारमा किन ल्याउनुपरेको ?
बहुमत प्राप्त वामगठबन्धनले मधेसी दललाई किन ल्याउनुपरेको विचित्रको विषय बनेको छ । दुईतिहाई सङ्ख्या पुर्याएर के आकाश फलाउने कुरा गर्या हो ? मधेसका नेताहरूलाई सरकारमै ल्याउनुपर्ने वस्तुगत आधार नै छैन । ओली बैङ्कक र स्वराज नेपाल आएको परिणाम पनि होला, उनीहरूलाई ढोग्नुपर्ने ।

स्थिर सरकार होला भन्नेमा सन्देह भएको छ । ०४८ पछि विकासका लागि ढोका खोल्ने बेला बल्ल आएको छ । वाम गठबन्धनको बाध्यता बुझ्न सकिएको छैन । मधेसी दलविनाको सरकार बन्यो भने विकास प्रक्रिया रोकिने त होइन होला । तीन तिहाइका लागि मधेसी दललाई किन जदौ भन्नुपरेको ? राजनीति शास्त्रको विद्यार्थी हुँ तर यो विषय बुझ्न सकिनँ ।

हिजो मधेसी दलहरूलाई देशद्रोही, भारतीय दलाल भनेकै  हो एमालले । नामै किटान गरी भाषण गरेको सुनिएको पनि हो । एमाललेलाई मधेसमा छिर्नै दिन्नौँ भन्ने मधेसी दलहरू हुन् । अहिले एक अर्का नभएमा दाल भात खान नसक्ने भए । यो परिस्थिति कसरी निर्माण भयो, खोजी त होला नि । हिजो, काँग्रेसले संविधान संशोधनको प्रस्ताव ल्याउँदा राष्ट्रघाति हुने कसरी भयो ? एकअर्का जसले लगाए पनि कोट त कोट हो नि । कोट न जनवादी हुन्छ न पँुजीवादी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *