ध्यान र समय

विचार

राजन गिरी :

जब एक नयाँ बिरुवा को उत्पति हुन्छ ,त्येसका साखा हरु जता  पनि झुक्न सक्छन , तिनलाई कहिँ पनि झुकाउन सकिन्छ | फेरी उही ठुलो बृक्ष बन्दछ त्येसपछी पनि हामि ति हाँगा हरु लाइ झुकाउने कोशिस गर्दछौं ,परिणाम हाँगा टुटेर जान्छ,झुक्दैन |

बृद्ध मानिस हरु ध्यान को चेस्था(ठा)  संसार भर गर्दछन यो नै  गलत छ | ध्यान को सबै चेस्था (ठा) सानो बच्पन मै गर्नु पर्दछ तर मृत्यु को नजिक पुगेर मानिस ध्यान उत्सुक हुन्छ | उ प्रश्न गर्दछ ,ध्यान केहो ?योग के हो ? हामि सान्त कसरि हुन् सकिन्छ ? के छ एसको माध्येम ? जब जिबन को सबै उर्जा हरु नस्ट भएर गए ,जब जिबन को सबै बाटो कठिन अनि बलिया  भए ,जब झुक्न अनि परिबर्तन गर्न मुस्किल भए ,तब उ सोच्न थाल्दछ कि म परिवर्तन कसरि हुन् सक्छु ! मानिस एउटा खुट्टा  मृत्युसैया मा अनि अर्कोखुट्टा बाहिर राखेर प्रश्न गर्दछ कि  के ध्यान को  पनि कोइ बाटो छ ?

आस्चर्य को कुरा छ ! एकदम पागलपन जस्तो |यो पृथ्बी कहिलै पनि सान्त अनि ध्यानस्थ हुनै सक्दैन | जब सम्म ध्यान को संबन्ध पहिलो दिन नै जन्म लिएको बच्चा संग हामि जोडदैनौ त्यो अन्तिम दिन को बृद्ध संग जोड्न कसरि सकिन्छ ? असम्भब !  आउने दिन मा सान्त हुन् को निम्ती ,जुन काम पहिले अति सजिलो संग हुन् सक्दथ्यो ब्यार्थ मा नै हामि लाइ यो अवस्थामा  श्रम गर्नु पर्दछ |

“साना बाल बालिका मा ध्यान को दिक्ष्या ,काम को रुपान्तरण को पहिलो चरण हो — शान्त रहने दिक्ष्या ,निर्बिचार हुने दिक्ष्या ,मौन रहने दिक्ष्या “

बच्चा हरु तेसै पनि मौन हुन्छन ,शान्त हुन्छन  |एदी उनि हरु लाइ यो बेला मा थोरै पनि दिक्ष्या दिन सकियो भने ,उनि हरु लाइ मौन तथा शान्त रहन को निम्ति अलिकति  पनि दिक्ष्या दिने हो भने ,जब उनि हरु १४ बर्ष को हुन् पुग्दछन ,जब काम जाग्न थाल्दछ ,तब तक उनि हरु को एउटा द्वार खुली सकेको हुन्छ | शक्ति हरु जम्मा हुन्छन अनि जुन द्वार खुला छ उसै द्वार बाट बहन सुरु गर्दछ | उनीहरुलाई शान्ति को ,आनन्द को,हिनता को ,निरंकार भाबना को अनुभब ,सेक्स को अधिक अनुभब पहिला नै उपलब्ध हुन् जान्छ | तिनै अनुभब उनको उर्जा बनेर  गलत मार्ग बाट रोकी  सहि मार्गदर्शन गर्दछन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *