गजल

साहित्य
गजल
फुलिसकेको फुल हो म झर्न बाँकी छ
धेरै कुरा भोगी सकें अब मर्न बाँकी छ |
 
थाम्न सकिन तिम्रा अश्रुधारा परेली लाइ
एस्तै पापको प्रायेस्चित गर्न बाँकी छ |
 
भन्दिन म सम्हालेर राख्नु पर्छ मायाँ
गाँठो पारि नराखिदेउ तर्न बाँकी छ |
 
आफ्नो सम्झी नबगाउनु आँशु कसैसंग
लर्किएको घाँसमा उनले चर्न बाँकी छ |
 
धर्म कर्म छाडिसके मानब कसरि ?
कलियुग हो श्रापको घैंटो भर्न बांकिछ |
राज
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *