येसरी अनशन तोडे डा. केसीले

काठमाडौं : प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको माग गर्दै १४ औं पटक अनशनमा बसेका डा. गोविन्द केसीले ५ दिनपछि अनशन तोडेका छन् । शनिबार बिहान साढे दश बजे त्रिवि शिक्षण अस्पताल बाहिर जुत्ता पालिस गर्ने सिरहाका ४८ वर्षीय नथुनियाँ मियाको हातबाट जुस पिएर  डा. केसीले अनशन तोडेका हुन्।

शुक्रबार स्वाथ्यमन्त्री दिपक बोहरा र केसीबीच ५ बुँदे सहमति भएपछि केसी अनशन तोड्न सहमत भएका हुन् । चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा शशि शर्माको पुनर्बहाली आदेशसँगै डा.केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागसहित गत सोमबारदेखि अनशन थालेका थिए।

अनशन तोड्दै केसीले आफ्नो लडाईँ न्यायालय भित्र हुने चलखेल र भ्रष्टाचारविरुद्ध भएको बताए । प्रधानन्यायाधीशले राजिनामा दिनुपर्ने र राजीनामा नदिए पुनः सत्याग्रहमा उत्रने चेतावनी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *