सर्वोच्चमा वहस, माइतीघरमा प्रधानन्यायाधीशको राजीनामा माग

ताजा समाचार

काठमाडौं–अवहेलना मुद्दामा डाक्टर गोविन्द केसीको मुद्दामा सर्वोच्च अदालतमा  बहस भइरहँदा  माइतीघरमा भेला भएका केसी पक्षधरले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग  गरेका छन् । उनीहरुले केसीको तत्काल रिहाईको माग समेत गरेका छन् ।

नयाँ शक्ति नेपाल, विवेकशील साझा पार्टीका प्रतिनिधिसहितका केसीका समर्थकहरुले पराजुली विरुद्ध नाराबाजी  गर्दै तत्काल रिहाईको माग गरेका हुन् ।

आइओएममा डा शशी शर्मालाई सर्वोच्चले पुनर्वहाली गरेपछि प्रधानन्यायाधीश पराजुलीको आलोचना गर्दै केसी अनसन बसेका थिए । अदालतको मानहानी गरेको भन्दै सर्वोच्चको आदेशमा उनलाई पक्राउ गरिएको थियो भने मानहानी मुद्दामा अहिले सर्वोच्चमा बहस भइरहेको छ ।

 

न्यायाधीश पुरुषोतम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा डा केसीको मुद्दामाथि बहस चलिरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *