त्रिकोणीय प्रेम सम्बन्ध र पारिवारिक झगडा

विचार

राजन गिरि :अफगानिस्तान

संबन्ध अनेक थरिका हुन्छन आज म येहाँ बिबाहोत्तर को प्रेम संबन्ध र तेस्लाई विबाह पश्चात पनि निरन्तरता दिइन्छ भने तेसबाट त्यो परिवार मा पर्ने असर को बारेमा आफुले देखेका भोगेका तथा पर्न सक्ने समस्या लाइ जाने बुझे सम्म राख्न गई रहेको छु |अर्को भाषा मा भन्नु पर्दा Triangular Love भनेर बुझौँ |

बिबाह अगाडी को या बिबाह पश्चात हुने अन्य प्रेम संबन्ध ले पारिवारिक मेलजोल मा चुनौती मात्र नभएर पारिवारिक बातावरण नै दुषित गराइदिन्छ |हाम्रो समाज पुस्तैनी पिंढी को हिसाब मा चल्ने हुँदा आमा -बा का क्रियाकलाप को सिधा असर छोरा छोरी हरु मा परि रहेको हुन्छ  |

सर्वप्रथम येस्ता त्रिकोणीय संबन्ध को कारण निश्चित रुपमा परिवार ले आर्थिक नोक्सान त उठाउनु पर्छ नै साथै त्येस   बाट पारिवारिक असन्तोषको जन्म  भई  दिनहुँ झैँ-झगडा  सुरु हुन थाल्दछ  |

स्वार्थ मा टिक्ने खालका येस्ता संबन्ध लाइ टिकाएर राख्न धन को आवश्येकता  पर्ने हुन्छ ,येही धन ले नै परिवार का आवश्येकता हरु लाइ कटौती गरिदिन्छ  | किनकि परिवार मा खर्च गरिनु पर्ने धन एता अर्को संबन्ध टिकाएर राख्न मा खर्च भइरहेको हुन्छ | येसैको परिणाम स्वोरुप घरमा असन्तोष ,झगडा अनि तनाब हुन थाल्दछ |

अर्को कुरा जब परिवार मा एस्तो संबन्ध को बारेमा थाहा लाग्छ तत्:पश्चात पुरा माहौल नै बिषालु हुन् जान्छ  | दिनहुँ झगडा तथा तनाब को प्रभाब ले अन्तिम मा आएर परिवार नै टुट्न जान्छ | यसबाट  श्रीमान -श्रीमती बीच संबन्ध बिच्छेद हुनसक्छ |एदी परिवार ले सम्झाई बुझाइ गरेर घर बसाउंछन भने पनि मुटु भित्र गडेको त्यो तिर ले घोचिरहेको हुन्छ जिवन भर |हमेशा त्यो घटना ले उसलाई पछ्याई रहेको हुन्छ | अबत शङ्का को नजर ले पनि हेरिने भयो | पुरा परिवार को नजर उसको क्रियाकलापमाथि परिरहेको हुन्छ जसबाट कहिले काहीं तिब्र आलोचना को पनि सामना गर्नु पर्दछ |

स्त्री जाति को बिषय मा स्थिति अझै गम्भीर बन्न जान्छ प्रायजसो हाम्रो समाज मा धेरै जसो स्त्री हरु अझै पनि पति मा आश्रित छन |

आर्थिक अनि सामाजिक दुवै रुप बाट एस्तो दशा मा त्येस्तो खालको संबन्ध ले स्त्री को लागि अपराध को रुप धारण गर्दछ | कैयौं पटक उनि लाइ येसकारण कडा दण्ड पनि भुक्तिनु पर्दछ |

श्रीमान द्वारा तिरस्कृत भैसकेपछि फेरी समाज मा सरण पाउन मुश्किल हुन्छ | एदी पढे लेखेकी साहसी महिला छिन भने आफ्नो जिविकोपार्जन आफैँ गर्छिन |बाहिर रहेर पनि सान्ति पुर्बक जिबन यापन गर्दछिन |

एदी एती हुँदा पनि श्रीमान को साथ् मा रहन्छिन भने उनीलाई तरह-तरह को सारीरिक हिँसा तथा मानसिक उत्पीडन हरु परिजन बाट सहिरहनु पर्ने हुन्छ  ( यो नै कत्ति  चित्त नबुझेको कुरा हो मलाई )|

पुरुष प्रधान समाज को मानसिकता भएकै कारण येहाँ एउटा पुरुष को अपराध लाइ एक सिमा को पश्चात स्वीकृति मिल्छ भने, त्येही अपराध स्त्री को जीवन लाइ बिषम परिस्थितिमा धकाली दिएको हुन्छ किन ? स्त्री-पुरुष दुबैमा समान रुपमा अपराध बोध हुन्छ किन्तु त्यसको अभिब्यक्ती हाम्रो समाज मा भिन्दा-भिन्दै तरिका ले हुन्छ किन ? येसप्रती हामि सबै ले सोच मा परिवर्तन ल्याउनु अत्येंत जरुरि छ |

बच्चा हरु मा प्रभाब :-


    येस्ता खालका संबन्ध अगाडी भने झैँ संबन्ध विच्छेद को कारण बन्न सक्छ | दम्पति त संबन्ध बिच्छेद को पश्चात अलग-अलग इकाई हरुमा  बाँडिएका हुन्छन तर प्रत्येक्ष रुपमा त्येसको दुष्परिणाम निर्दोष बच्चा हरु लाइ झेल्नु परेको हुन्छ |

बच्चा हरुको सहि तथा समुचित बिकास को निम्ति आमा-बा दुबैको आवस्येकता पर्नु को साथै उनिमा उचित ताल-मेल पनि हुनु अत्येंत जरुरि हुन्छ | घर को स्वोस्थ बाताबरण मा बच्चा हरु को सर्वानगिर्क्ष बिकास हुन्छ | एदी घर मा कुनै अवान्छनीय घटना हरु घट्छन भने बच्चा हरु को मन मा त्येसको ठुलो प्रभाब परिरहेको हुन्छ |             आपसी झगडा को कारण बा-आमा ले बच्चा हरुको सहि ध्यान दिंदैनन फलस्वोरूप बच्चा हरु आफ्नो लक्ष्य बाट भटकिने गर्दछन  साथै आमा-बा का बैचारिक मतभेद ,झगडा तथा नाजायेज संबन्ध को चर्चा बाट उनि हरु को मन मा अनेक प्रकारका प्रश्न हरु खेल्न थाल्दछन | उनिहरु हर गतिबिधि को विश्लेषण गर्दै आफ्नो तार्किक बुद्दी बाट आफुलाई पर्खाइ (नियेंत्रित ) रहेका हुन्छन |

कहिले काहीं बा -आमा को झगडा बाट निक्लने कुनै कुरा हरु बच्चा हरु ले समय भन्दा पहिला नै सुन्दछन र त्येसलाई अपनाउने कोशिस गर्दछन ,बच्चा हरुको बुद्दी  सहि गलत को निर्णय लिन सक्क्षम् हुँदैन | प्राय:बा-आमा को लडाई झगडा ले बच्चा हरु लाइ पथ भ्रष्ट हुन मा प्रेरित गर्दछ |

आमा- बा को स्वोयम गलत आचारण हुनाको कारण बच्चा हरुलाई त्येस्ता कार्य बाट रोक्ने अधिकार पनि गुमाइसकेका हुन्छन | केहि बोले उल्टो जवाफ आउन सक्छ जसको सर्मिंदगी को कोइ हिसाब हुँदैन भनेर पनि चुप बस्नु पर्ने स्थिति आउछ |

ध्यान राख्नुस येस्ता कार्य हरु बाट घर मा झगडा हुन्छ ,सधैँ असान्ती को बाताबरण बनि रहेको हुन्छ |एती मात्र कहाँ हो र परिवार लाइ सामाजिक अप्रतिष्ठापनि भोग्नु पर्ने हुन्छ |

सामाजिक प्रतिष्ठा :-


    सिधै भन्नु पर्दा यो अवस्था  मा बदनामी को कारण घर मा बस्न या बाहिर निक्लन मुस्किल उत्पन्न हुन्छ | मान्छे हरु घुमाई-फिराइ अरुको अगाडी त्यो कमजोरी लाइ उजागर गर्ने प्रवृति हुन्छ ,त्यति मात्रै कहाँ होर सा-साना बच्चा हरुलाइ धरी के भइरहेको छ घर मा ? कत्तिको कल गर्छन बाउ-आमा भन्दै उनि हरुमा मानसिक पिडा दिइरहेका हुन्छन जसबाट बच्चा आत्मग्लानी हुन्छन | बिस्तारै बिस्तारै सामाजिक दायेरा पनि कम हुँदै जान्छ | मासुम हरु कुण्ठा को सिकार हुन्छन | परिवार का अन्य सदस्य हरु लाइ अकारण नै क्षोब तथा ग्लानि सहनु पर्ने हुन्छ | एस प्रकार एक जना को गल्ति ले गर्दा पुरा परिवार नै दण्डित भै रहेको हुन्छ |

पारिवारिक जीवन एक गम्बिर जिम्बेवारी हो | येहाँ हर काम सोचेर सम्झेर गर्नु पर्ने हुन्छ साथै हर कार्य को दुरगामी परिणाम को बारेमा सोच्नु पर्ने हुन्छ ,कुन कार्य ले  परिवार र समाज मा कस्तो खालको प्रभाब पर्छ त्यो बुझ्नु जरुरि हुन्छ  | परिवार का प्रत्येक सदस्य को भाबना तथा स्वाभिमान को रक्षा गर्ने दाहित्वो पनि परिवार माथि नै हुन्छ |

परिवार का प्रत्येक  सदस्य अन्य हरु सँग भावात्मक,सामाजिक,आर्थिक अनि व्याबहारिक रुपमा जोडिएका हुन्छन कसैको कार्य या बिचार बाट एदी अर्को लाइ दु:ख पुग्छ या मुश्किल को समय मा एक अर्का को सहयोग मिल्दैन भने त्यो परिवार शीघ्र नै विखण्डित हुन्छ |

समाजका गतिबिधि हरु लाइ सुचारु राख्न या भनौ साथ् मा चल्न को निम्ति परिवारको कार्यप्रणाली लाइ सुचारु रुप ले चलाउन अत्येंत आवश्येक हुन्छ | जस्तैः थोपा थोपा ले घैंटो  भरिन्छ त्येस्तै एक-एक परिवार बाट समाज , समाज बाट संगठन र संगठन बाट  राष्ट्र को निर्माण हुन्छ |

परिवार समाज को धरोहर हो हामि कसैलाई पनि यो अधिकार छैन आफ्नो मनमानी ढंगले अर्का को अधिकार को हनन गर्ने तथा आफ्नो निजी स्वार्थ पूर्तिका लागि अरुको शोषण गर्ने |परिवार अनि समाज को अर्थ संयुक्त रुपमा प्रत्येक सुख सुबिधा हरु को उपयोग गर्नु हो  |

आपसी प्रेम सदभाब र  सहृदयेता ले नै मानब समाज लाइ सदैब आपस मा जोडेर राखेको छ एस कुरा लाइ सबैले मानेका कुरा हुन् | यहाँ  प्रत्येक मानिस एक्लो हुँदा हुँदै पनि संयुक्त छ | आफ्ना अनि अपनत्वो बाट घेरिएको छ | येही भाव ले नै मानिस लाइ चरम-सुख दिएको हुन्छ  |

राजन गिरी

रुपा गाउँपालिका

कास्की

हाल अफगानिस्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *