गजल

**म टुहुरीएको दिन**

 

उ छोडेर गयो छुड़ाएर गयो

धेरै को सिन्दुर उडाएर गयो |

 

ठुलै आंधी आथ्यो जङ्गल बाट

काल रैछ स्वास चुडाएर गयो |

 

गोलि पड्किंदै थिए  चुरा छरिदै थिए

एउटा लाशले कपाल मुडायेर गयो |

 

सुन्य थियो गाउँ होस् हराउंदै म

एम्बुलेंसले  आमा गुडाएर गयो  |

 

एस्तो थियो त्यो दिन मेरो आफ्नो

नाम सँगै “टुहुरो”  जुडाएर गयो |

राजन गिरि

काबुल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *